नेपाल रिसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा बन्द भएको छ ।
यस दिन नेपाल रिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन २८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १६ करोड ९७ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको ९ करोड २१ लाख रुपैयाँ, हिमालयन रिको ९ करोड रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:१७










