२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

ग्रामीण विकास र समाज लघुवित्तले आजदेखि सुरु गरे एकिकृत कारोबार

२ कात्तिक, काठमाडौं । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट आजदेखि एकिकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाईलाई मर्जरका लागि असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । मर्जरपश्चात कायम हुने संस्थाको रजिष्टर्ड(प्रधान)कार्यालय बुटवल उप–महानगरपालिका–१० रुपन्देहीमा रहने छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १४:३२