पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मिश्रासहित १५ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप उनीमाथि छ। डा. मिश्राको नाम जेनजी सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो । तर, भ्रष्टाचार आरोपपछि उनको कदम रोकिएको थियो । उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको थियो ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १३:१३












