आईपीओ निष्काशनको प्रस्तावसहित दुई कम्पनीले बोलाए साधारणसभा
२ कात्तिक, काठमाडौं । आईपीओ निष्काशनको प्रस्तावसहित दुई कम्पनीले साधारणसभा बोलाएका छन् । लुम्बिनी सेरामिक्स र बढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्काशनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।
लुम्बिनी सेरामिक्सले कात्तिक १७ गते साधारणसभा बाेलाएकाे हाे। साे सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । त्यस्तै, बढानिलकण्ठ हेरिटेजले कात्तिक २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आईपीओ निष्काशनकाे प्रस्तावसहित गत आर्थिक वर्ष को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र गत आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १२:१८













