१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२ कात्तिक, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा भईरहेको छ ।

गत शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार कायम भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १०:५५