७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लाभांश पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारणसभा

२ कात्तिक, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालु होटलमा आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएकाने हो । सो सभा  बिहान ९ बजेदेखि सुरु हुनेछ ।

उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्ति गर्नेछ ।

यस्तै सभामा बोनस सेयर जारीपश्चात वृद्धि हुने चुक्ता तथा जारी पूँजीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : October 19, 2025 at 10:26 am