११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

केपी शर्मा ओलीले पत्रकारसँग संवाद गर्दै

२ कात्तिक, काठमाडौँ । भदौ २४ को जेनजी विद्रोहमा ज्यान जोगाउनका लागि प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट हेलिकप्टरमा भाग्नुभएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकारहरूसँग पहिलो पटक अन्तरक्रिया गर्ने हुनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलमै आइतबार दिउँसो १ बजे अन्तरक्रिया गर्न लागिएको प्रेस चौतारीको एक सचिवले जानकारी दिनुभयो । ओली बालुवाटारबाट सत्ता छाडेर भागेपछि पहिलो पटक पत्रकारसँग बसेर सवालजवाफ गर्न लाग्नुभएको हो । उहाँले दैनिकीसँग भन्नुभयो, ‘ओली सत्तामा हुँदा नै प्रधानमन्त्रीसँग सम्पादक संवादको तयारी गरिएको भए पनि सचिवालयले प्रधाननमन्त्री निवासको पार्किङबाट चौतारीका पदाधिकारीलाई भित्र छिर्नसम्म नदिएपछि गर्न नपाएको कार्यक्रम आइतबार गर्न लागेका हौँ ।’

dainiki.com

ओलीको पत्नी राधिका शाक्यको करूणा नामको पुस्तक माथि धुम्बाराहीको एक होटलमा कार्य्रकम गरेर चौतारीका केही नेताले राम्रै असुली गरेको थाहा पाएपछि प्रधानमन्त्रीको सचिवालयले करिब तीन महिना त ओलीको छेउमा पर्न पनि दिएको थिएन । तर भदौ २३ र २४ को घटनाले परिस्थिति बदलिएपछि पुरानै योजनाकारहरूलाई कार्यक्रम गर्न अनुमति दिइएको हो ।

प्रकाशित मिति : October 19, 2025 at 7:43 am