२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

युनिफम लगाएका विद्यार्थी मारिदा अनेरास्ववियुको अध्यक्षमा रहन सकिनः अध्यक्ष कडरिया

१ कात्तिक, काठमाडौँ । अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले ‘युनिफम लगाएका विध्यार्थी मारिदै गर्दा अनेरास्ववियुको अध्यक्षमा रहन नैतिकताले नदिएको’ दोहोर्याउनु भएको छ । एमाले नेतृत्वको सरकारले नै युवा विद्यार्थीको हत्या गरेपछि भावुक भएर अनेरास्ववियुबाट राजिनामा दिनुभएको कडरियाले शनिबार पुनः सोही कुरा दोहोर्याउनु भएको छ ।

dainiki.com

एमाले केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डा कडरिया माथि भगौडाको टिप्पणी गरेपछि शनिबार जनआस्थाको एउटा पोस्टर सेयर गर्दै कडरियाले पुनः यस्तो कुरा दोहर्याउनुभएको हो । कडरियाको राजिनामा विवादमा परेपछि पुनः फिर्ता भएको थियो ।

कडरियाले फेसबुकमा यस्तो टिप्पणी लेख्नुभएको छ।

अनेरास्ववियु जस्तो गौरवशाली संगठनको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो।यस यात्रामा साथ र समर्थन प्रदान गर्नु हुने अग्रज, सहकर्मी तथा शुभेच्छु सबैप्रति म आजीवन कृतज्ञ रहनेछु।कमजोरीहरूलाई देखाउँदै सचेत गराउने तथा आलोचना गर्नु हुने सबैप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।अनेरास्ववियुको सीधा सम्बन्ध विद्यार्थीहरूसँग भएकाले नैतिकताको आधारमा राजीनामा दिएको विषय सत्य हो तर पार्टिको साधारण सदस्य म सधै रहिरहनेछु। मैंले अखिल अध्यक्ष बाट राजिनामा दिएको हुँ, पार्टि सदस्य बाट होईन। यसबाट पार्टीलाई पर्न गएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दै आत्म–आलोचित हुन चाहन्छु । विद्यार्थी राजनीति आफैंमा पार्टी राजनीतिका लागि अनुभव बटुल्ने इण्टर्नसिप हो।त्यसैले यहाँ भएका कमजोरीहरूले भविष्यमा आउने चुनौतीहरूको सामना गर्न मलाई अझ परिपक्व बनाएको छ । कमजोरी हरेक मानिसबाट हुनसक्छ, तर त्यसबाट विचलित हुनु हुँदैन।बरु, त्यसलाई आत्मसात् गर्नु नै आफूलाई रूपान्तरण गर्ने पहिलो आधार हो । म नेकपा एमालेमा मदन भण्डारीको जीवनीबाट अभिप्रेरित भएर लागेको हुँ। यो विचारको आवद्दता मेरो जिवन रहिन्जेल सम्म रहन्छ।श्रद्धेय अध्यक्ष के.पी. शर्मा ओलीको सक्रियता र नेतृत्वले यो पार्टीप्रति थप आकर्षण सिर्जना गरेको कुरा सत्य हो।हामी अहिले बलियो एकताको पक्षमा छौं, र म आफ्ना तर्फबाट संगठन र पार्टीको हितका लागि आवश्यक हरेक योगदान गर्न सदैव तयार छु। फेरि पनि पार्टी र संगठनलाई पर्न गएको क्षतिप्रति म क्षमा प्रार्थी छु। अनेरास्ववियुको अध्यक्ष पदमा मेरो लागी युनिफम लगाएका विध्यार्थी मारिदै गर्दा नैतिकताले रहन दिएन, आफ्नै पार्टि सरकारमा भएको कारण नै मेरो राजीनामाको मुख्य कारण हो। पार्टि छोडेको थिइन, अध्यक्षमा मार्ग प्रशस्त गर्दा संकटको समयमा पार्टिलाइ जोगाउन नसकेको प्रति आफ्नो हिस्सामा परेको जिम्मेवारी वोध गर्दै , दण्डित हुन तयार छु।

प्रकाशित मिति : 23:39