जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय च्यासलमा पुगे ओली
१ कात्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुग्नुभएकाे छ ।
भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ओली आज पहिलोपटक पार्टी कार्यालय पुग्नुभएकाे हाे। भदाै २४ गते जेनजी आन्दोलनको क्रममा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।
त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायत नेता कार्यकर्ता सहभागी छन्।
प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार १४:५७










