आगो निभाएको श्रेय लिन प्रतिस्पर्धामा एमालेको टिप्पणी ‘लज्जाशरणम्’
१ कात्तिक, काठमाडाैँ । आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा चलिरहँदा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले ‘लज्जाशरणम्’ भन्दै टिप्पणी सार्वजनिक गर्नुभएको छ । शनिबार बिहान फेसबुक मार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो। तर एक महिना पछि, आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ #लज्जाशरणम्।’
यसअघि शुक्रबार मात्र नेपाली सेनाले पत्रकार सम्मेलन गरेर आगो समयमै निभाइएको दाबी गरेको थियो । सेनाको दाबीपछि धेरैले टिप्पणी गर्दै सेनाले राजनीति गर्न खोजेको हो भन्ने प्रश्न समेत गरेका छन ।
त्यसअघि घटनाको २५ दिनपछि काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले फेसबुकको प्लेटफर्म मार्फत नै आगो निभाउन सक्दो प्रयास गरेको दाबी गर्नुभएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार ०८:४५










