२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

बसले ट्रकलाई ठक्कर दिँदा अन्य पाँच सवारीमा समेत क्षति

१ कात्तिक, चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाटमा यात्रुबाहक बसले फरक लेनमा गएर ट्रकलाई ठक्कर दिँदा अन्य पाँचवटा सवारीसाधनमा क्षति भएको छ । शनिबार बिहान भएको दुर्घटनामा भएको क्षतिको एकिन विवरण आउन बाँकी भए पनि बसका चालक गम्भीर घाइते भएका छन ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले विपरित दिशाबाट आइरहेको ट्रकलाई उसैको लेनमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा थप पँच वटा सवारी ठोक्किएका छन ।

dainiki.com

ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार ०८:०४