एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने
३१ असोज, काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो ।
असोज २९ गतेदेखि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १८:३६








