३ असार २०८३, बुधबार | Wed Jun 17 2026

नेतृत्वमाथि प्रश्न उठाउनु हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय हो : गोकर्ण विष्ट

३१ असोज, काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेतृत्वमाथि प्रश्न उठाउन हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय भएको बताउनुभएको छ । शुक्रबार पार्टीको केन्द्रीय कमिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा विष्लेट यस्तो बताउनुभएको हो ।

उहाँलेले नेतृत्वमाथि प्रश्न उठाउनै हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेतृत्वमाथि प्रश्न उठाउन हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय हो,’ उहाँले आफ्ना धारणा राख्दै भन्नुभयो, ‘नेतृत्वलाई कमजोरी हुँदा आलोचनात्मक प्रश्न उठाउन पाउने कुरा नै राम्रो हुन्छ ।’

विष्टले पार्टीमा दुई कार्यकालको प्रावधान राख्नुपर्ने बताउनुभएको छ । उहाँले बरु प्रधानमन्त्री, मन्त्रीको पनि कार्यकाल तोक्ने तर पार्टी नेतृत्वको भने कार्यकाल हटाउन नहुने तर्क गर्नुभयो ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘अध्यक्षको दुई कार्यकाल भन्ने प्रावधान राखौं । मन्त्री, प्रधानमन्त्रीहरूको पनि कार्यकाल तोकौँ । आवश्यक पर्छ भने म पनि त्याग गर्न तयार छु । दुई कार्यकालको व्यवस्था नहटाऔं’।

प्रकाशित मिति : October 17, 2025 at 5:30 pm