२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नयाँ दल घोषणा गर्दै मिरज ढुंगाना

३१ असोज, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले शनिबार  दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १३:५३