नेकपाको घोषणापत्रका सबै प्रतिवद्धता पाँच वर्षमा पूरा गराउने उपप्रधानमन्त्री पोखरेलको उद्घोष
१४ माघ, कास्की । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले आगामी फागुन भित्रमा कानुन निर्माण भइसक्ने र त्यपछि नेपालमा विकासको मुल फुट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले आयोजना गरेको अगुवा कार्याकर्ता भेलालाइ सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम र पार्टीले घोषणापत्रमा उल्लेख गरेका सबै प्रतिबद्धता पाँच बर्ष भित्र पूरा हुने बताउनुभयो ।
नेकपालाई मजबुद बनाउन विचारमा स्पष्टता, संगठनात्मक संरचना तथा नेतृत्वको कुशलता अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले पछिल्लो समय सरकारले विकासको ढोका खोलिरहेको बताउँदै सानो कुरालाई लिएर प्रतिकृयावादी तथा अलोकतान्त्रीक चरित्र भएका व्यक्तिहरुले ठूलो बनाउने गरेको बताउनुभयो । उहाँले आफ्ना कार्यकताले गाउँगाउँबाट त्यस्ता प्रतिकृयावादी तत्वहरुलाई परास्त गर्न एक ढिक्का भई अघि बढ्न निर्देशन सकेत दिनुभयो । त्यस्तै उहाँले पार्टी एकता निकट भविष्यमा नै सम्पन्न हुने समेत जानकारी गराउनुभयो ।
उहाँले देश, जनता, राष्ट्रको आवश्यकता र राष्ट्रको समृद्धिका लागि माओवाद केन्द्र सङग पार्टी एकता भएको बताउनुभयो । उहाँले बृद्धा भत्ताका पनि अनेकौं रुप हुने जसमा स्वास्थ्य बिमालाइ (एक लाख) लिन सकिन्छ । सरकारले जनता र राष्ट्रका पक्षमा धेरै काम गरेको छ त्यसलाइ हामी जनता सम्म पुराउन सकेका छैनौं । उक्त कार्यक्रममा नेकपा कास्की पार्टी कार्यालयमा भएको थियो ।
प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १९:३८