तिहार तथा छट पर्वको अवसरमा सानिमा बैंकको क्यासब्याक र छुट अफर
३१ असाेज, काठमाडौं। तिहार तथा छट पर्वलाई लक्षित गरी सानिमा बैंक लिमिटेडले विभिन्न मर्चेन्टहरूमा क्यासब्याक तथा छुट अफर सार्वजनिक गरेकाे छ ।
सानिमा बैंकका ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरिद गर्दा डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० रुपैयाँसम्मको क्यासब्याक पाउने छन् भने थप १० प्रतिशतसम्मको छुट पनि पाइनेछ ।
यो अफर २०८२ कात्तिक १ देखि १० गतेसम्म लागू हुनेछ। ग्राहकले पूजा स्वीट्स चाट हाउस (न्यूरोड, काठमाडौं), बर्फी स्वीट्स (बालुवाटार, न्यूरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौंडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सिर्जना चोक, पोखरा) मा गएर यो अफरको लाभ लिन सक्नेछन्।
प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ११:४९












