१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

नागरिक स्टक डिलरले बोलाएको साधारणसभा

३१ असोज, काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । असोज २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक ३० गते काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा आफ्नो छैठौं वार्षिक साधारण बोलाएको हो । सभा  बिहान ८ बजेबाट सुरु हुनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।यस्तै, लेखाप्रीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वित्तीय विवरणलगायत वार्षिक विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ११:३१