९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

हिमालयन डिष्टिलरीले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

३१ असोज, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत) गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। यसको अर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १०:४८