९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता सेयर बिक्रीमा

३१ असोज, काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ०९:४९