१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

३१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयरमूल्य ३८३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको दिनको अन्तिम मूल्य ४३५ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : October 17, 2025 at 9:23 am