९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३० असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ।  यस दिन ३११ कम्पनीको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १५ करोड ३० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रि इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ९ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:३४