९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

बिहीबार यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक

३० असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ।  यस दिन ३११ कम्पनीको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी कम्पनीकाे मूल्य ४ प्रतिशतभन्दा कम रहेको छ।

 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:३१