नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
३० असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। यस दिन ३११ कम्पनीको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ।
बिहीबार पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। यस दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:२५













