२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

जेनजी आन्दोलनको बीमा दाबी २३ अर्ब, २ अर्ब दाबी भुक्तानी

३० असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २८ गतेसम्ममा ३१६३ वटा बीमा दावीबापत २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुपले एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  तथ्यांकअनुसार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बीमा दाबी परेको छ । कम्पनीमा कुल ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको बीमा दाबी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३९४ वटा दावी परेका छन् । जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित ७८ करोड ८ लाख रुपैयाँ  बीमा दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, द ओरियण्टल इन्स्योरेन्समा देशभरीबाट ९८ वटा दावी बापत ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीले असोज २८ गतेसम्ममा ७१ लाख ७० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा कुल २१५ वटा दावी बापत २ अर्ब ७९ करोड ४८ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीले असोज २८ गतेसम्म ३० करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्समा ४३३ वटा दावी बापत कुल दुई अर्ब ४१ करोड ११ लाख रुपैयाँको बीमा दावी परेको छ । जसमा हालसम्म कम्पनीले ४२ करोड २७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३४२ वटा दावी बापत एक अर्ब ५९ करोड ३८ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीले दुई करोड ७९ लाख रुपैयाँ भुक्तानी वितरण गरिसकेको छ ।

नेको इन्स्योरेन्समा २५९ वटा दावी बापत एक अर्ब १५ करोड ५४ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीले हालसम्म ८ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा २७० वटा दावी बापत ९८ करोड ६२ लाख रुपैयाँको बीमा दावी परेको छ । जसमा कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरिसकेको छ ।  युनाइटेड अजोड इन्स्योरेन्स २ सय ३८ वटा बीमा दाबीबाट ६३ करोड ९४ लाख रुपैयाँको बीमा दावी परेको छ । कम्पनीले १ करोड ७८ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । नेपाल इन्स्योरेन्समा नेपाल इन्स्योरेन्समा १ सय ८ वटा बीमा दाबीबाट ४८ करोड ८९ लाख रुपैयाँको बीमा दाबी परेकोमा कम्पनीले ५ करोड २७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

साथै,  एनएलजी इन्स्योरेन्समा २ सय ५ वटा बीमा दाबीबाट ६० करोड ५८ लाख रुपैयाँ दावी परेकोमा ३९ लाख रुपैयाँ बीमा दावी भुक्तानी भएको छ भने प्रभु इन्स्योरेन्समा १ सय ११ वटा बीमा दाबीबाट २१ करोड ८ लाख रुपैयाँ बीमा दाबी परेकोमा १४ लाख रुपैयाँ बीमा दावी भुक्तानी भएको छ । साथै, सानिमा जिआईसी इन्स्योरेन्समा१ सय ७० वटा बीमा दाबीबाट ८८ करोड ८५ लाख रुपैयाँको दावी परेकोमा २ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:१९