मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीले लिए शपथ
३० असोज, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
उहाँसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिनुभएको छ ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १३:१४








