१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

३० असाेज, काठमाडौँ ।  इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट आज बिहान काठमाडौं आइपुगेका छन् ।

हमासको कब्जामा रहेका विपिनको विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा सुरुमा इजरायल र त्यसपछि अमेरिका गएका थिए ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १२:०६