प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
३० असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.१४ अंकले बढेर २५०५.७२ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा २२ कम्पनीको २२ पटकको कारोबारमा ९ लाख ६७ हजार १११ रुपैयाँबराबरको ८०० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १०:५७













