२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

साढे २ लाख नाघ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

३० असोज, काठमाडौं। । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा  २ हजार रुपैयाँले बढेर साढे २ लाख रुपैयाँको आँकडा पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १०:४४