१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

३० असोज, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंककाे आगामी साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : October 16, 2025 at 10:28 am