२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

एमाले केन्द्रीय कमिटीमा केपीको ‘कु’ विरूद्ध खुलेर बोल्न थाले केन्द्रीय सदस्य

३० असोज, काठमाडौँ । एमाले केन्द्रीय कमिटीको ९ औँ बैठक समापनको क्रममा एजेण्डामै नभएको पूर्व राष्ट्रपतिको पार्टी सदस्यता ‘कु’  गर्ने घोषणा गरेका अध्यक्ष केपी ओलीको विरूद्धमा केन्द्रीय कमिटीको १० औँ बैठकमा नेताहरूले असहमति र आपत्ति प्रकट गरेका छन । पार्टीका वरिष्ठ नेताहरूलाई समेत बोल्न पनि नदिइ ओलीले कोलाहालकै बीचमा भण्डारीको सदस्यता माथि ‘कु’ गरेको घोषणा गरेका थिए ।

बैठकका कोलाहालका बीचमा ओलीले ‘कु’ को घोषणा गरे पनि बैठकको निर्णय भनेर प्रचारित सामाग्रीमा भने सर्वसम्मत भनेर उल्लेख गरिएको थियो । यद्यपी त्यसपछि पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्लेटफर्म मार्फत ओलीको ‘कु’ को चर्को बिरोध गर्दै आइरहेका थियो ।

जेनजी विद्रोहले निम्त्याएको संकटपछि ललितपुरमा जारी एमालेको  १० औँ बैठकमा ओलीको ‘कु’ को बिरोध गरेर नेताहरूले भण्डारीको सदस्यता विषयमा निर्णय गर्नुपर्ने विचार राखेका छन । बहुपदीय व्यवस्था भए पनि ओलीको आदेश र इच्छामा सञ्चालन हुँदै आएको एमालेमा यतिखेर भने धेरैले एमाले र ओलीसँगै जान नसक्ने भन्दै उनको निरंकुश चरित्रको आलोचना गरिरहेका छन ।

dainiki.com

केन्द्रीय कमिटीको दोस्रो दिन बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य माधव ढुंगेलले लिखित रूपमै भण्डारीको सदस्यताका विषयमा धारणा राखेका छन । त्यस्तै केन्द्रीय सदस्य रचना खड्का र रमेश पौडेल लगायतले पनि भण्डारीको सदस्यतामा ओलीले गरेको ‘कु’  बैठकबाट बदर गर्नुपर्ने धारणा राखेका छन । यसअघि हिजको बैठकमा केन्द्रीय सदस्य शर्मिला कार्की, विद्या सुन्दर शाक्य लगायतले पनि भण्डारीको सदस्यता माथि ओलीले गरेको ‘कु’ बदर हुनुपर्ने माग गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य रचना खड्काले राखेको १० बुँदे प्रस्ताव यस्तो रहेको छ

१.यो सामान्य अबस्थामा आयोजना गरिएको नियमित बैठक हैन, सङ्कटपुर्ण परिस्थितिमा आयोजित यो विशेष बैठकको मर्मलाई आत्मसात गर्दै बस्तुनिष्ट समीक्षाका आधारमा निर्णय गर्ने र कार्यान्वयन गर्ने हो भने यो परिस्थितिलाई अनुकुलतामा बदल्न सकिन्छ भन्ने बिश्वास बैठक समक्ष ब्यक्त गर्न चाहन्छु । यस अर्थमा अध्यक्षले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पुर्णबनाउन जरुरी ठन्दछु ।

२. यो षड्यन्त्र हो तर यो अबस्था निर्माण हुनुमा हाम्रो आफ्नो कारनले पक्कै काम गरेको छ भन्ने कुरालाई स्वीकार गरौं । अन्त मात्रै दोष लगाएर सहि निष्कर्षमा पुग्न सकिन्न ।

३. २०७७ को प्रतिनिधि सभाको विघटन र अहिलेको बिघटनको अबस्था एउटै हुँदै हैन । सम्सद पुनस्थापनाको एजेन्डा एकल बिकल्प हैन । तसर्थ यो सरकारको निर्वाचन गराउने हैसियत त देखिदैन तर नेकपा एमाले निर्वाचनको पक्षमा छैन भन्ने शन्देश जानुहुन्न, हामी एक्लैले मात्रै चुनावमा नजाने कुरा गर्नै हुन्न । यो बिषयमा काङ्ग्रेस सङ्गको सहकार्य अनिवार्य छ ।

४. हाम्रो प्रधनान्तरबिरोध र प्रधान शत्रु नै पार्टी भित्रै छ जस्तो गरि गर्ने व्यवहार र प्रस्तुत हुने नेतृत्व पङ्क्तिको शैलीले बाहिरी खतराहरुलाई देख्नै सकेन । र यी खतराहरुका बिषयमा पार्टी पङ्तिलाई सहि ढङगले परिचालन गर्ने योजना नै बनेन ।

५. शोभियत सत्ता बिकास नभएको हुनाले ढ्लेको हैन | मुलत: शुसाशन, नेता कार्यकर्ताको कार्यशैली ,पार्टी र जनता बीचको सम्बन्ध नै प्रमुख कारण थियो । पश्चिम बङ्गालको उदाहरण पनि हाम्रो सामु छ ।

६.. राजनीतिमा १० बर्षलाई एक पुस्ता मान्ने हो भने प्रत्येक पुस्ताले देश र पार्टीको नेतृत्व गर्ने अबसर निर्माण गर्नुपर्छ । पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले मात्रै गरिरहन सन्भव छैन र यो न्यायपुर्ण पनि हैन । प्रतेक पुस्ताले देश र पार्टीको नेतृत्व गर्न पाउने अबसरलाई चिनियाँ कम्युनिस्ट पार्टीले कसरी ब्यबस्थापन गरेको छ ,पार्टी सदस्यमा बहुमत युवाहरुको ब्यबस्थालाई कसरी कार्यान्वयन गरेको छ एकपटक हेर्ने कि ?

७. परिवर्तित सन्दर्भले निर्माण गरेको चुनौतीसङ्ग सामना गरि पार्टीलाई बलियो बनाउनका लागि बिधानमा दुई कार्यकाल र उमेर र्हदलाई पुनर्ब्यबस्था गरेर जानुपर्दछ । अन्यथा एकपटक नेतृत्वमा पुगेपछी सकुन्जेल र बाचुन्जेल, पार्टी अस्थायी ब्यक्ति स्थाई जस्तो चिन्तनको बिकास हुदो रहेछ ।
८. अहिले मुलुकमा जे भैरहेको छ, जो बिकल्प हु भन्दै आएका छन ती कुनै बिकल्प हैननर्क उनिहारु षड्यन्त्रका पात्र मात्र हुन । एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ, अब कमरेड अध्यक्ष पार्टीकोअभिभावक बनेर बस्नुपर्छ यसले कमरेडले पार्टी र देश निर्माणमा गर्नु भएको योगदानलाई जीवित राख्न र पार्टीलाई पुर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्नेछ ।

९. जनतामा पार्टीको लोकतान्त्रिक छवि कमजोर हुँदै गएको छ । फौजदारी अभोयोग बाहेक अन्य बिषयमा ब्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु कसैका लागि पनि राम्रो नजीर हैन । पुर्व उपाध्यक्ष बिद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिदिनुपर्दछ ।

१०. मेरा यी कुराहरु अघिल्लो पङ्क्तिमा बस्ने तेता कमरेडहरुलाई मन नपर्न सक्छ, यस्ता कुरा गर्ने रचना खड्का पार्टीमा किन चाहियो भन्ने सम्म लाग्न सक्छ, जो जोलाई यस्तो लाग्छ आफ्नो घरमा भएको ठुलो ऐनाको अगाडि गएर उभिनुस जे देख्नुहुन्छ त्यही हो पार्टीको सबै भन्दा ठूलो समस्या ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:०७