१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट दर्ता, कात्तिक १२ गतेका लागि तोकियो पेसी

२९ असोज, काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। मंगलबार आधिकारिक रूपमा रिट तथा मुद्दा दर्ताको प्रक्रिया खुला गरेसँगै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन्।  आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १७:५५