१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

निःशुल्क सेयर माग्दै १० हाइड्रोपावर निर्माणमा अवरोध

२९ असाेज, काठमाडौं । देशभर निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका १० वटा जलविद्युत् आयोजनामा निःशुल्क सेयरको माग गर्दै स्थानीयवासीले अवरोध गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न १० आयोजनाको निःशुल्क सेयर मागेकाले आयोजना निर्माणको काम अवरोध भएको जनाएकाे हाे ।

इप्पानका अनुसार बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसम खोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) मा स्थानीयले अवरोध गरेका छन् ।

स्थानीयहरूले १० प्रतिशत निःशुल्क सेयरका साथै पूर्वाधार विकासका लागि सडक, विद्यालय र स्वास्थ्य सेवा जस्ता परियोजना क्षेत्रका सुविधा निर्माण गर्न माग गरेको इप्पानले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १७:३७