१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

नेपालको विकासका लागि छिमेकीको सहयोग आवश्यक छ : प्रधानमन्त्री ओली

१४ माघ, काठमाडौं  ।  नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले  नेपालीको सपना पुरा गर्न छिमेकी देशहरुबाट  सहयोग लिनुपरेको बताएका छन् ।

‘नेपालका लागि चीनले गरेकाे उदार र फराकिलो मनसायकाे सहयोगकाे  प्रशंशा गर्दै प्रधानमन्त्रीले  खुसी व्याक्त गरेका छन् । हरेक दिन एक कदम अघि बढ्ने गरी तीव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधान हटाउने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध मानवीय मात्र नभई प्राकृतिक रुपले पनि नजिक रहेको भन्दै सम्बन्ध प्राचिनकालदेखिको प्राकृतिक र साँस्कृतिक भएको बताए ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १५:५६