१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२३ दिनदेखि नेप्सेका कर्मचारी आन्दोलित, सीईओ हराएको भन्दै खोजिदिन सूचना

२९ असाेज, काठमाडाैं । २३ दिनदेखि नेप्सेका कर्मचारीहरू आन्दोलनमा छन्। आन्दोलनरत नेप्सेका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) हराएको सूचना जारी गर्दै विरोध जनाएका छन् । उनीहरुले कार्यालयबाट हुने सेवालाई सुचारु नै राखेर धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम जारी राखेका हुन् ।

श्रम अदातलको आदेश विपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै असोज सात गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। सोही क्रममा उनीहरुले आज सीईओ चुडामणी चापागाईँ हराएको सूचना भनेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । उनीहरुले नेप्सेको सुरक्षा गर अध्यक्ष हटाउ जस्ता नारा सहित विरोध गरिरहेका छन् ।

असक्षम झोले सीईओ चुडामणि चापागाईँ राजिनामा दे । असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजिनामा देख सहितका ब्यानर टाँगेर कर्मचारीहरुले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १६:०८