नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो
२९ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २२.५८ अंकले घटेर २५०५.५८ को बिन्दुमा बन्द भएको छ ।
३१८ स्टकको ३५ हजार ७५० पटकको कारोबारमा ३ अर्ब १० करोड १८ लाख ३० हजारको सेयर कारोबार भएको छ । बुधबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत बढेको छ।
यस दिन दुई कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ। समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेकाे हो। आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २० करोड ५४ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।
प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १५:२३













