बुधबार यी कम्पनीको सेयरमूल्य बढ्यो
२९ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २२.५८ अंकले घटेर २५०५.५८ को बिन्दुमा बन्द भएको छ ।
३१८ स्टकको ३५ हजार ७५० पटकको कारोबारमा ३ अर्ब १० करोड १८ लाख ३० हजारको सेयर कारोबार भएको छ । बुधबार समता घरेलु लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत बढेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन ५.२३ प्रतिशत बढेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १५:१७













