२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

२९ असोज, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गर्नुभएको छ । आजबाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताउनुभयो ।

एकीकृत समाजवादी माओवादीसँग एकताको तयारीमा रहेको अवस्थामा ओलीले एमालेतर्फ आउन आग्रह गर्नुभएको हो ।

ओलीले भन्नुभयो, ‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’,’ लाखौं कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’
उहाँले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १३:३५