२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

४ बुँदे माग अघि सार्दै राप्रपाका दुई महामन्त्रीले गरे बैठक बहिस्कार

२९ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री डा. धवलशम्शेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् ।

उनीहरुले विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १२:२३