२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन भनिमण्डल पुगे ओली

२९ असाेज, काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक केही बेरमा सुरु हुँदै छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने बैठकका लागि अध्यक्ष केपी शर्मा ओली पुगिसक्नुभएकाे छ । ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसक्नुभएकाे छ ।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो।यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्ने छ । यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ११:४६