१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

२९ असोज, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ०.२४ अंकले घटेर २५२७.९२ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा २६ स्टकको ३६ पटकको कारोबारमा ८ लाख ९५ हजार ८८७ रुपैयाँ बराबरको २ हजार ९२० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १०:५९