हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, तोलाको साढे २ लाख नजिक
२९ असोज, काठमाडौं। स्थानिय बजारमा आज सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दै नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १०:५६








