२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

छुट्ला है ! श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२९ असोज,काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ०९:१३