९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

९९ करोड ४७ लाखको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

२८ असोज, काठमाडौं ।नेपाल धितोपत्र बोर्डले ९९ करोड बढीकाे साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको अवधिमा बोर्डले ९९ करोड ४७ लाख बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र रु.९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल रु.१० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हाे ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १८:०४