सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
२८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन शुभम् पावर र ग्रामिण विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज कुल ३२ करोड ७ लाख रुपैयाँको काराेबार भएकाे हाे । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १५:२९














