दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक मूल्य बढ्ने कम्पनी
२८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से १९।४३ अंकले घटेर २५२८।१६ को बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन शुभम् पावर र ग्रामिण विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । साथै, आज क्रेष्ट माइक्रो इन्स्योरेन्स, बिन्धावासीनी हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स लगायतको सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १५:१९













