१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

मंगलबार यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

२८ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से  १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा बन्द भएको छ ।  आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज कुल ३२ करोड ७ लाख रुपैयाँको काराेबार भएकाे हाे । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको १६ करोड ९ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको १२ करोड ६८ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १० करोड १८ लाख रुपैयाँ र शिवम् सिमेन्टको ८ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १५:१२