जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछुः देउवा (पूर्णपाठ)
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताउनुभएको छ ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराउनुभयो ।
साथै, देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताउनुभएको छ । ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ उहाँले लिखित सम्बोधनमा भन्नुभएको छ ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १५:०५








