देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । ३० गते बस्नेगरी बैठक स्थगित भएको हो ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएर बैठकलाई सम्बोधन गर्नुभएको थियो । बैठकअघि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको छ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:४५








