जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा
२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक हुनुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुनुभएको हो । बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिनुभएका देउवा त्यसपछि सार्वजनिक रुपमा देखिनुभएको थिएन ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १४:१९








