२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त

२८ असोज, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त हुनुभएको छ ।

यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उहाँको स्थानमा दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो।

असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 14, 2025 at 11:07 am